आइतबार सुनको मूल्य ६०० रुपैयाँले घट्यो


साताको पहिलो दिन आइतबार स्थानिय बजारमा सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेको छ । गत साता लगातार पाँच दिन बढेको सुनको भाउ यो साताको पहिलो कारोबार दिन आइतबार ६०० रुपैयाँले घटेको हो ।

आइतबार छापावाला सुनको भाउ १ लाख १८ हजार ९०० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख १९ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँ तोकिएको थियो ।

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३९ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ६९ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।