एनएलजी इन्स्योरेन्सद्धारा पुरानो लाभांश लिन आग्रह

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई पुरानो लाभांश रकम संकलन गर्न अनुरोध गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६९/७० तथा २०७०/७१ को नगद लाभांश यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र भुक्तानी गर्न कम्पनीले अनुरोध गरेको हो ।

एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०६९/७० बाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र बोनसको कर प्रयोजन सहित ११.०५ प्रतिशत तथा २०७०/७१ बाट १५ प्रतिशत बोनस र बोनसको कर प्रयोजन सहित ६.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस यता भने कम्पनीले बोनसको कर प्रयोजनका लागि मात्र नगद दिँदै आएको छ ।

साधारण सभाले पारित गरेको मितिले ५ वर्षसम्म पनि कुनै सेयरधनीले लाभांश रकम बुझेमा कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने कानुनी ब्यवस्था छ । सोही अनुसारकम्पनीले हालसम्म पनि नगद लाभांश संकलन नगरेका सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको हो ।

हालसम्म पनि कागजी सेयर धारण गर्ने सेयरधनीहरुले हितग्राही खाता खुला गरी सेयर डिम्याट गरी हितग्राही खातामा सम्बन्धित सेयरधनीको बैंक खाता नम्बर समेत अद्यावधिक गराउन आग्रह गरेको छ ।

तोकिएको ३५ दिन अवधिपछि पनि भुक्तानी लिन बाँकी लगानीकर्ताको लाभांश भने संरक्षण कोषमा जम्मा गरिने पनि कम्पनीले स्पष्ट पारेको छ ।
एनएलजी इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा अराविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड टेकु रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।