रावा इनर्जी डेभलपमेन्ट लिमिटेड नोक्सानीमा

0
Shares

रावा इनर्जी डेभलपमेन्ट लिमिटेड ५ लाख १७ हजार रूपैयाँ खुद नोक्सानमा पुगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १४ लाख ३९ हजार रूपैयाँ खुद नाफामा रहेको कम्पनी यस वर्ष नोक्सानीमा पुगेको हो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत विक्री आम्दानी वापत २ करोड ६४ लाख ५८ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा १ करोड ८८ लाख ४६ हजार रूपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो । विद्युत विक्री आम्दानी आय बढेपनि वित्तीय खर्च बढ्दा नाफामा असर पुगेको हो ।

कम्पनीले गत वर्ष ८० लाख ७९ हजार रूपैयाँ वित्तीय खर्च गरेको यस वर्ष बढेर १ करोड ४९ लाख ४७ हजार रूपैयाँ पुगेको छ ।

चुक्ता पुँजी २८ करोड रूपैयाँ रहेको कम्पनीको जगेडा कोष ५ करोड ८४ लाख ३९ हजार रूपैयाँ ऋणात्मक छ । कम्पनीले ४५ करोड ४ लाख रूपैयाँभन्दा बढी दिर्घकालिन कर्जा उपयोग गरेको छ भने अल्कालिन कर्जा २४ लाख रूपैयाँ छ ।

दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १८ पैसा नोक्सानीमा रहँदा कम्पनीको प्रति सेयर नेटवर्थ ७९ रूपैयाँ मात्र रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।