ईङवा हाइड्रोपावरको नोक्सानी बढ्यो

0
Shares

ईङवा हाइड्रोपावर लिमिटेडको नोक्सानी बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले ८ लाख ३ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।

गत आवको सोही अवधिमा कम्पनी ५५ हजार नोक्सानीमा रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीको खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । चुक्ता पुँजी ६० करोड रहेको कम्पनीको दोस्रो त्रैमासमा जगेडा कोष १ करोड १ लाख भन्दा बढी ऋणात्मक ऋणात्मक छ ।

कम्पनीको प्रशासनिक खर्च गत आवमा ९ हजार ८ सय रहेकोमा अहिले बढेर ७ लाख ७८ हजार छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रति सेयर आम्दानी पनि २७ पैसा ऋणात्मक छ भने प्रति सेयर नेटवर्थ ९८ रुपैयाँ ३० पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।