नेपाल लाइफले व्यतित बीमालेखमा ३०% सम्म छूट दिने

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखमा नवीकरण गर्दा ३० प्रतिशतसम्म छूट दिने भएको छ । कम्पनीले माघ २१ गतेसम्म व्यतित भएका बीमालेखमा विलम्ब शुल्कमा छूट दिने भएको हो ।

नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिबाट १८० दिनभन्दा बढी समयदेखि व्यतित भई पुनर्जारणको लागि तोकिएको प्रक्रिया पूरा गर्नुपर्ने गरी छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । माघ २१ देखि चैत ६ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण शुल्कमा लाग्ने बीमाशुल्कमा २० प्रतिशतदेखि ३० प्रतिशतसम्म छूट दिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफले बीमालेख व्यतित भएको १८० दिनदेखि ३ वर्षसम्म ३० प्रतिशत, ३ वर्षभन्दा माथि ५ वर्षसम्म व्यतित भएको बीमालेखमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखमा २० प्रतिशत छूट दिने जनाएको हो ।

यस छूटमा समावेश भएका बीमालेख पुनर्जागरणको मितिदेखि १ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क छूट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ । एक पटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितलाई पूरा बीमा अवधिभर पुनः छूट नदिइने पनि कम्पनीले स्पष्ट पारेको छ ।

बीमालेखमा १८० दिनभन्दा बढी समय व्यतित हुनुपर्ने र विलम्ब शुल्कमा छूट सुविधा प्राप्त गर्नका लागि बीमालेख पुनर्जागरण मितिबाट बीमा अवधि समाप्त हुन २ वर्षभन्दा बढी बाँकी भएको हुनुपर्ने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।