दुई कम्पनीको सेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज आइतबार दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

एक कम्पनीले हकप्रद निष्कासनका लागि र अर्कोले लाभांश प्रयोजनका लागि सोमबार बुकक्लोज तोकेकाले नेप्सेले आइतबारको अन्तिम मूल्यलाई आधार मानेर दुई ओटै कम्पनीको सेयर मूल्य समायोजन गरेर नयाँ भाउ तोकेको हो ।

स्टकका अनुसार रिडी पावर कम्पनी लिमिटेडको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद र युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयरपछि सेयर मूल्य समायोजन भएको हो ।

रिडी पावरको ५० प्रतिशत हकप्रदपछि नेप्सेले प्रतिकित्ता २१६ रूपैयाँ ६७ पैसा मूल्य तोकेको छ । आइतबार कम्पनीको सेयर अन्तिम पटक २७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजीको १०.२६१२ प्रतिशत प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५६१ रूपैयाँ ३० पैसा निर्धारण गरेको छ । आइतबार कम्पनीको सेयर अन्तिम पटक ६१८ रुपैयाँ ९० पैसामा खरिद बिक्री भएको थियो ।

आइतबार समायोजन भएको समायोजित मूल्यलाई आधार मानेर अब साेमबार दुबै कम्पनीको दोस्रो बजारमा कारोबार खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।