तेह्रथुम पावर कम्पनीको खुद नाफा ६४ लाख माथि

0
Shares

तेह्रथुम पावर कम्पनी लिमिटेडले ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ६ लाख ६२ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ५८ लाख रुपैयाँले बढेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढेको हो । कम्पनीको विवरण अनुसार पुस मसान्तसम्ममा विद्युत बिक्रीबाट ९ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८.८५ प्रतिशत बढी हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १२.४९ प्रतिशत बढेर ५ करोड ९४ लाख ५३ हजार कायम भएको छ । यस्तै वित्तीय खर्च पनि १.५४ प्रतिशत बढेर ५ करोड २९ लाख ८१ हजार पुगेको छ ।

चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १३ करोड ८९ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९० पैसा बढेर ३ रुपैयाँ २३ पैसा, प्रति सेयर नेटवर्थ १०रुपैयाँ ३७ पैसाले घटेर ६५ रुपैयाँ २५ पैसा कायम हुँदा मूल्य आम्दानी अनुपात १८६.९० गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।