खराब कर्जा बढेपछि ग्लोबल आइएमई लघुवित्तको नाफा घट्यो

0
Shares

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा घटेको छ । खुद ब्याज आम्दानी बढेपनि कम्पनीको खुद नाफा २६.५८ प्रतिशत घटेको हो ।

सार्वजनिक चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४ करोड ७८ लाख ३० हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा कम्पनीले ६ करोड ५१ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको थियो । चालू आवमा कम्पनीको खराब कर्जा बढेकाले सो वापत व्यवस्था गर्नुपर्ने इम्पेयरमेन्ट चार्ज बढ्दा नाफा घटेको हो ।

गत आवमा लघुवित्त कम्पनीको खराब कर्जा अनुपात ३.८४ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४.२१ प्रतिशत पुगेको छ । यस्तै इम्पेयरमेन्ट चार्ज पनि ७ करोड ६ लाख ६३ हजारबाट बढेर १० करोड ५९ लाख ८८ हजार रुपैयाँ पुगेको छ । दोस्रो त्रैमाससम्ममा लघुवित्तको वितरणयोग्य नाफा ८७ लाख ९२ हजार रहेको छ ।यस अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ३३ करोड ४० लाख रुपैयाँ, सञ्चालन नाफा ६ करोड ८३ लाख रुपैयाँ छ ।

नाफा घटेसँगै लघुवित्त कम्पनीको प्रति सेयर आम्दानी पनि ८ रुपैयाँ १२ पैसा घटेर १५ रुपैयाँ ४६ पैसा मा झरेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रति सेयर आम्दानी २३ रुपैयाँ ५८ पैसा थियो ।

त्यस्तै चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५० करोड १८ लाख ४६ हजार रुपैयाँ सञ्चिती गरेको छ । समीक्षा अवधिमा जगेडा कोष २५.७५ प्रतिशतले घटेको हो ।गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २८ करोड ६३ लाख ९२ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले २५ करोड ९१ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

पुससम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ १८१ रुपैयाँ ०९ पैसा र मूल्य आम्दानी अनुपात ५८.२३ गुणा छ ।यस्तै, आधार दर १३.६४ प्रतिशत, कस्ट अफ फण्ड ८.४० प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।