मान्डु हाइड्रापावरको सेयरको लकइन समाप्त हुँदै

0
Shares

मान्डु हाइड्रोपावर कम्पनीको ७२ हजार १३३ कित्ता सेयरको लकइन समय फागुन २३ गते सकिने भएको छ । कम्पनीले प्राथमिक निष्कासनका बेला म्युचुअल फन्डलाई छुट्ट्याएको उक्त सेयरको फागुन २३ मा सकिने कम्पनीले जानकारी दिएको हो ।

कम्पनीले प्राथमिक निष्कासनको समयमा ५ प्रतिशत सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएको थियो । गत मङ्सिर २५ धितोपत्र बोर्डले म्युचुअल फन्डलाई ६ महिने लकइन पिरियडको नियम लागू गरिदिएपछि फन्डहरुसँग होल्डिङमा रहेको सेयर लक इनमा परेको थियो ।

बोर्डले उक्त प्रावधान जारी हुनु अगावै ४९ हजार १९८ कित्ता सेयर बिक्री भइसकेको र बाँकी २२ हजार ९३५ कित्ता सेयरको लकइन खुल्न लागेको कम्पनीले जानकारी दिएको हो । कम्पनीको सेयर भदौ २५ गते बाँडफाँड भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।