सोमबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । अमेरिकी डलरको भाउ आइतबार पनि सोही भाउमा कायम गरिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरो १४२ रुपैयाँ ७९ पैसा र बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ ।
सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २३ पैसा र बिक्री दर ८६ रुपैयाँ ६२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यस्तै सोमबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा र बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३० पैसा र बिक्री दर ३५ रुपैयाँ ४६ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९३ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया