नेपाली बजारमा सुनको भाउ दुई दिनको अवधिमा १ हजार रुपैयाँले घटेको छ । आइतबार ६०० रुपैयाँले घटेको सुनको भाउ सोमबार ४०० रुपैयाँले घटेको हो ।
सोमबार छापावाला सुनको भाउ १ लाख १८ हजार ५०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको भाउ १ लाख १८ हजार ९०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला तेजावी सुन १ लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९५ रुपैयाँ तोकिएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३२ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ५७ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया