सञ्चालनमा रहेका सोह्र विकास बैंकमध्ये गत आर्थिक वर्ष २०७९–८० को मुुनाफाबाट चार ओटा विकास बैंकले सेयरधनीलाई लाभांश वितरण गरेनन् । यी कम्पनीले लाभांश वितरण नगरेसँगै ती बैंकका लगानीकर्ताको यस वर्ष हात खाली भएको छ । यसरी लाभांश वितरण नगर्नेमा ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् ।
उक्त आर्थिक वर्षबाट सात ओटा विकास बैंकले भने सेयरधनीलाई लाभांश वितरण गरेका छन् । लाभांश वितरण गरेका बैंकमध्ये गत आवबाट शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सर्वाधिक ११.०५ प्रतिशत लाभांश वितरण गरेको छ । शाइनले उक्त आवबाट चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
यस्तै सांग्रिला विकास बैंकले सबैभन्दा कम लाभांश वितरण गरेको छ। सांग्रिलाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
Sector -Development Banks | Bonus | Cash | Total | Bookclose | AGM |
Shine Resunga Development Bank | 10.50 | 0.55 | 11.05 | Mangsir 11, Monday | Mangsir 23, Saturday |
Muktinath Bikas Bank Ltd. | 9.75 | 0.51 | 10.26 | Poush 19, Thusday | Poush 28, Saturday |
Miteri Development Bank Limited | 9.50 | 0.5 | 10.00 | Mangsir 28, Thusday | Poush 14, Saturday |
Garima Bikas Bank Limited | 9.50 | 0.50 | 10.00 | Poush 17, Tuesday | Poush 29, Sunday |
Lumbini Bikas Bank Ltd. | 4.00 | 4.50 | 8.50 | Poush 17, Tuesday | Poush 26, Thusday |
Mahalaxmi Bikas Bank Ltd. | 0.00 | 6.40 | 6.40 | Poush 19, Thusday | Poush 28, Saturday |
Shangrila Development Bank | 5.00 | 0.26 | 5.26 | Mangsir 11, Monday | Mangsir 24, Sunday |
Kamana Sewa Bikas Bank Limited | Mangsir 29, Friday | Poush 17, Tuesday | |||
Jyoti Bikas Bank Limited | Poush 16, Monday | Poush 29, Sunday | |||
Saptakoshi Development Bank | Poush 17, Tuesday | Poush 29, Sunday | |||
Sindhu Bikash Bank Ltd | – | – |
पाँच विकास बैंकले अझै गरेनन् घोषणा
माघ २२ गते सोमबारसम्म पनि अझै पाँच विकास बैंकले लाभांश घोषणा गरेका छैनन् । एक्सेल डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकले हालसम्म पनि लाभांश घोषणा नगरेका हुन् ।
लाभांश घोषणा गरेका सात र लाभांश नदिएका चार गरी एघार मध्ये सिन्धु विकास बैंक बाहेक सबैले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया