सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ६३% बढ्यो

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा ६२.९३ प्रतिशतले बढेको छ ।  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २३ करोड ६६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको हो । जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा नाफा हेरफेर हुनसक्छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५२ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ४ अर्ब १५ करोड ७१ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब ५४ करोड १२ लाख ५४ हजार रुपैयाँ थियो । इन्स्योरेन्सले ६३.५९ प्रतिशतले खुद बीमाशुल्क वृद्धि गरेको हो । यस्तै समीक्षा अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ७८.५५ प्रतिशत बढेर ४ अर्ब ७० करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सको वार्षिक प्रति सेयर आम्दानी ४ रुपैयाँ २ पैसा वृद्धि गर्दै १० रुपैयाँ ४१ पैसा काय गर्दा प्रति सेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात ५१.८७ गुणा छ । इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रुपैयाँ र सेयर प्रिमियममा ३ करोड ७२ लाख २ हजार रुपैयाँ, महाविपत्ती कोषमा ३३ करोड १३ लाख ७३ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ४० करोड ६६ लाख १९ हजार रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १८ करोड ६० लाख ८५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, कम्पनीको जीवन बीमा कोष ११.२१ प्रतिशतले वृद्धि भएर ३० अर्ब ५१ करोड ६९ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधीमा २७ अर्ब ४४ करोड ७ लाख रुपैयाँको जीवन बीमा कोष थियो । कर्जा तथा लगानीबाट हुने आम्दानी ९४.८७ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ६४ लाख ३४ हजार रुपैयाँ पुगेको छ । बीमालेख धितोमा कर्जा प्रवाहबाट हुने ब्याज आम्दानी ४३ प्रतिशत बढेर १७ करोड ७२ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

सुर्यज्योति लाइफको खुद दाबी भुक्तानी १८७ प्रतिशतले वृद्धि भई ६२ करोड २६ लाखबाट बढेर १ अर्ब ७८ करोड ७८ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधीमा लगानीबाट प्राप्त आम्दानी ८९ करोड १७ लाख रुपैयाँ रहेकोमा हाल एक अर्ब ६७ करोड ३७ लाख २६ हजार रुपैयाँ रहेको छ । कम्पनीमा बीमालेख त्याग्नेहरुको रकम १०.११ प्रतिशतले घटेर १२ करोड ६३ लाख ३१ हजारमा झरेको छ । गत आवका यसै अवधिमा १४ करोड ५ लाख ३६ हजार थिया । इन्स्योरेन्सको कुल आम्दानी समीक्षा अवधिमा ६७.५८ प्रतिशत बढेर ५ अर्ब ८६ करोड ४९ लाख ५८ हजार रुपैयाँ पुगेको छ । यस्तै कुल खर्च पनि ७०.३२ प्रतिशत बढेर ५ अर्ब ६२ करोड ८३ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।