नेशनल लघुवित्तले १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने


नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

लघुवित्तको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये ७.५ प्रतिशत बोनस शेयर रहेको छ भने ७.५ प्रतिशत नगद लाभांश रहेको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।