महुली लघुवित्तको नाफा २ करोड ६१ लाख, वितरणयोग्य मुनाफा साढे ७ करोड बढी

0
Shares

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ६१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २ करोड ६४ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.४५ प्रतिशत घटेको हो ।

पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ७ करोड ६३ लाख ९५ हजार रुपैयाँ र वितरणयोग्य प्रति सेयर आम्दानी २३ रुपैयाँ ७० पैसा छ । नाफासँगै कम्पनीको वार्षिक प्रति सेयर आम्दानी पनि घटेको छ । चुक्ता पुँजी ३२ करोड २३ लाख रुपैयाँ रहेको लघुवित्तको नाफासँगै प्रति सेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ५८ पैसा घटेर १६ रुपैयाँ २० पैसामा सीमित भएको छ ।
लघुवित्तले पुस मसान्तसम्ममा ३ अर्ब ७२ करोड १६ लाख ८० हजार रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब २४ करोड ५९ लाख १० हजार रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी २३.५३ प्रतिशत घटेर ३० करोड ७२ लाख ५ हजार कायम हुँदा सञ्चालन मुनाफा पनि १.४६ प्रतिशत घटेर ३ करोड ७३ लाख ४ हजार रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा खुद फि तथा कमिशन आम्दानी २८ प्रतिशत घटेर २ करोड ६८ लाख र कुल सञ्चालन आम्दानी २१.६८ प्रतिशत घटेर १५ करोड ९९ लाख २१ हजार कायम भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ०.१५ प्रतिशतविन्दु घटेर ४.६४ प्रतिशतमा झरेको छ । खराब कर्जा घटेपछि इम्पेरमेन्ट चार्ज पनि ५ करोड ४२ लाख ३८ हजार रुपैयाँबाट घटेर १ करोड १८ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले जगेडा कोषको अकार १८.९३ प्रतिशतले वृद्धि गर्दै ३० करोड ८३ लाख ८३ हजार रुपैयाँ सञ्चित गरेको छ । यस्तै रिटेन्र्ड अर्निङ्गस्मा ७ करोड ६३ लाख ९५ हजार सञ्चित छ ।

पुस मसान्तसम्ममा लघुवित्तको प्रति सेयर नेटवर्थ १९५ रुपैयाँ ६६ पैसा, कस्ट अफ फन्ड ८.९७ प्रतिशत, आधार दर १४.९४ र स्प्रेडदर ६.०२ प्रतिशत र मूल्य आम्दानी अनुपात ५४.६३ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।