सबैको लघुवित्तको एजीएम फागुन १९ गते, मर्जर प्रस्ताव स्वीकृत गर्दै

0
Shares

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १९ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई निराश बनाएको यस लघुवित्तले एजीएमबाट साधना लघुवित्तसँग मर्जर प्रस्ताव पारित गर्ने भएको हो ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरमा जाने प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गर्ने सहितका प्रस्ता सहित कम्पनीले तनहुँको बन्दीपुर–५ स्थित मस्र्याङ्दी रिभर म्यू रिसार्टमा बिहान ११ बजे सभा डाकेको छ । दुई लघुवित्त एक बराबर एक कित्ताको समान सेयर स्वाप रेसियोको हैसियतमा एक हुन लागेका हुन् ।

सभाले गत आथिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

यस्तै सभाले मर्जरपश्चात सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार गर्ने र मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । यस्तै मर्जरका लागि थप आवश्यक सम्पूर्ण कामको जिम्मेवारी पनि सभाले सञ्चालक समितिलाई दिने भएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ४ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा फागुन ३ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।