एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन

0
Shares

एनएलजी इन्स्योरेन्सको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५.५० प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो ।

नेप्सले कम्पनीको साढे पाँच प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता मूल्य ७८१ रुपैयाँ ९९ पैसा तोकेको छ । बुधबार कारोबार भएको अन्तिम मूल्य ८२५ रुपैयाँलाई आधार मानेर नेप्सेले कम्पनीको बानेसमा सेयर मूल्य समायोजन गरेको हो ।

यससँगै अब बिहीबार एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा बुधबार समायोजन भएको मूल्यलाई आधार मानेर खुल्नेछ । बिहीबारपछि सेयर किन्नेले लाभांश र कम्पनीको आगामी साधारण सभामा सहभागिता जनाउन पाउने छैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।