बाढीले आयोजना बगाएपछि बरुण हाइड्रोपावरको नोक्सानी चुलियो

0
Shares

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड दोस्रो त्रैमाससम्ममा ३ करोड ७३ लाख नोक्सानीमा पुगेको छ । बाढीले आयोजना बगाएपछि कम्पनीको आम्दानी नहुँदा नोक्सानी देखिएको हो । गत आवको दोस्रो त्रैमासमा १ करोड ६५ लाख नाफामा रहेको कम्पनीको नोक्सानीमा पुगेको छ ।

विद्युत बिक्री आम्दानी नभएका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको वित्तीय विवरणमा उल्लेख गरेको छ । गत असार २ गते गएको बाढीले कम्पनीको हेवा खोला साना जलविद्युत आयोजनामा पूर्णरूपमा क्षति पुर्याएको थियो । जसका कारण कम्पनीको विद्युत विक्री आम्दानी नभएको हो ।अघिल्लो वर्ष पुससम्म विद्युत बिक्रीबाट कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख छ भने रटेन्ड अर्निङ २ करोड १२ लाख ऋणात्मक छ । अघिल्लो वर्ष रिटेन्ड अर्निङमा २ करोड ७२ लाख रुपैयाँ थियो ।

नोक्सानीमा भएसँगै दोस्रो त्रैमाससम्ममा प्रति सेयर आम्दानी १३ रुपैयाँ ९४ पैसा ऋणात्मक छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ २० पैसा छ ।पीई रेसियो १८.३६ गुणाले ऋणात्मक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।