युनाइटेड इदी मर्दीले नाफा २ करोड २० लाख

0
Shares

युनाइटेड इदी मर्दी आरवि हाइड्रोपावर लिमिटेडले ६ महीनामा २ करोड २० लाख ४२ हजार नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २०.१९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७६ लाख ७८ हजार खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी घटेसँगै नाफा प्रभावित बनेको हो ।

सार्वजनिक चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले विद्युत बिक्री बापत ९ करोड ४३ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको यहि अवधिमा १० करोड २० लाख २४ हजार रुपैयाँ आम्दानी गरेकोमा चालू आवमा ७.४८ प्रतिशत घटेको हो ।
चुक्ता पुँजी ४२ करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडा कोषमा ४ करोड ७२ लाख ५९ हजार सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १० रुपैयाँ ५० पैसा छ ।

नाफासँगै कम्पनीको प्रति सेयर आम्दानी २ रुपैयाँ ६६ पैसा घटेको हो । यस्तै पुससम्ममा प्रति सेयर नेटवर्थ १११ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ३९.५३ गुणा छ । नाफासँगै कम्पनीको प्रति सेयर आम्दानी २ रुपैयाँ ६६ पैसा घटेको हो ।

दोस्रो त्रैमाससम्ममा कम्पनीको कुल आम्दानी ८.८८ प्रतिशत घटेर ९ करोड ४३ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै कम्पनीको कुल सञ्चालन खर्च ५.९० प्रतिशत घटेर १ करोड ४५ लाख ५ हजार रहेको छ । कुल गैर सञ्चालन खर्च ४.४८ प्रतिशत घटेर ५ करोड ७८ लाख ४४ हजार कायम भएको छ ।

कम्पनीले सञ्चालन गरिरहेको आयोजना हालसम्म पनि वैकल्पिक रुपमा सञ्चालन भइरहेको हुँदा आम्दानीमा असर पुगेको वित्तीय विवरणमा उल्लेख छ । वर्षायाममा नेपालमा बढी उर्जा उत्पादन भएको हुँदा नेपाल विद्युत प्राधिकरणले उर्जा खपत गर्ने नसकेको कारण वैकल्पिक रुपमा सञ्चालन भइरहेको आयोजनाहरु बन्द गरिदिएकोले विद्युत बिक्री आम्दानी घटेको कम्पनीको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।