एनआईबिएल स्टेबल फन्डका इकाईहरु बाँडफाँड, योजनाको आकार १३ करोडले बढ्यो

0
Shares

एनआईबिएल स्टेबल फन्डको इकाई बाँडफाँड सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडलाजिम्पाटमा आज माग बमोजिमका इकाईहरू बाँडफाँड गरिएको हो ।

एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेबल फण्ड बन्दमुखी योजनाको बीज पूँजी सहित अंकित मूल्य १० रूपैयाँ दरका १० करोड इकाईहरु २०८० माघ २ गतेदेखि २०८० माघ १६ (बैंकिङ्ग समय पश्चात्) गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ३९ हजार २७१ जना आवेदकहरु मार्फत ९ करोड ५८ लाख ४९ हजार १६० इकाईका लागि रितपूर्वक आवेदन प्राप्त भएको थियो । जसमध्ये निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईको लागि आवेदन प्राप्त भएको थियो ।

विद्यमान “सामूहिक लगानी कोष निर्देशिका, २०६९” भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशत सम्मको इकाई बाँडफाँड गर्न सकिने भएकाले इकाई खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई निजहरुले माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको हो।

माघ २४ गते बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाई बाँडफाँड गरी बीज पूँजी सहित योजनाको आकार एक अर्ब १३ करोड रुपैयाँ अर्थात् ११ करोड ३० लाख इकाई कायम गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।