नेरुडे लघुवित्तको खराब कर्जा बढेपछि नाफा घट्यो, अन्य सूचक कस्ता ?

0
Shares

नेरुडे लघुवित्त त्तिवीय संस्था लिमिटेडको खुद नाफाको नाफा प्रभावित बनेको छ । खराब कर्जा अनुपात बढेर ८.८३ प्रतिशत पुगेपछि नेरुडे लघुवित्तको नाफा ६२.२५ प्रतिशत घटेको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा संस्थाले २ करोड ४८ लाख रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा ६ करोड ५७ लाख थियो । यस्तै कम्पनीको रिटेन्ड अर्निङ ५ करोड १९ लाख रुपैयाँले ऋणात्मक बनेको छ । संस्थाको जगेडा कोषमा ६४ करोड ७६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

गत पुसमा ४.८९ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात बढेर ८.८३ प्रतिशत पुगेको हो । खराब कर्जा अनुपात बढेसँगै संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ७ करोड ५७ लाख ५० हजार छुट्टाएको छ । गत आवको यसै अवधिमा ३५ लाख ७१ हजार रुपैयाँ फिर्ता भएको थियो ।

पुससम्ममा संस्थाले ३ अर्ब ४१ करोड ६७ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन तथा ५ अर्ब ८२ करोड ४३ लाख ४३ हजार बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर कुल १० अर्ब ९२ करोड ५ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी पनि २.३१ प्रतिशतले घटेर ७० करोड ८२ लाख ६७ हजार रुपैयाँमा सीमित भएको छ । पुस मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी २०.९१ प्रतिशत बढेर ११ करोड ५३ लाख ७४ लाख रुपैयाँ पुग्दा कुल सञ्चालन आम्दानी पनि ५.२५ प्रतिशत बढेर ३५ करोड ७९ लाख १२ हजार रुपैयाँ पुगेको छ। उता सञ्चालन नाफा ६१.९६ प्रतिशत घटेर ३ करोड ५४ लाख ४० हजार रुपैयाँ छ ।

लघुवित्तको चुक्ता पुँजी समीक्षा अवधिमा ७३ करोड २० लाख रुपैयाँ, जगेडा कोष ५.२४ प्रतिशत बढेर ६४ करोड ७६ लाख १९ हजार रुपैयाँ, निक्षेप तथा सापटी ११ प्रतिशत बढेर ९ अर्ब २४ करोड रुपैयाँ र कर्जा ८.४६ प्रतिशत बढेर १० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १३ पैसा घटेर ६ रुपैयाँ ७८ पैसामा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ३८ पैसा छ भने मूल्य आम्दानी अनुपात ८८.८१ गुणा, कस्ट अफ फन्ड ९.६७ प्रतिशत, आधार दर १४.०३, स्प्रेडदर ५.३३ प्रतिशत र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५८३ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।