नेपालले टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै


क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् ।

यसँगै अब क्यानडाले पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल र क्यानडा यस सिरिजको खेलमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा उत्रका छन् । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो ।

नेपालको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सूर्य तामाङ, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, ललित राजवंशी र सोमपाल कामी छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार  ०९ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।