विन नेपाल लघुवित्तको साधारण सभा फागुन २९ गते, बुक क्लोज कहिले ?


विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा फागुन २९ गते बस्ने भएको छ । कम्पनीको फागुन २४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले फागुन २९ गते होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा दिउँसो २ बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभाले एक वा एक भन्दा वही उपयुक्त लघुवित्त संस्थाहरु गाने\गाभिने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ती तथा दायित्वको मुल्यांकन गर्न परामर्शदाता मुल्यांकनकर्ता, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०७९\०८० को बार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा सोको आधारमा तयार पारिएको वित्तीय विवरणहरु (वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण सहितको लेखा विवरणहरु, निर्देशन अनुसारका अन्य अनुसुचीहरु छलफल माथि गरी पारित गर्ने प्रस्ताव पनि पारित गर्ने कार्यसूची छ ।

नवौं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले फाल्गुन ४ गते एक दिन शेयर दाखिल खारेज दर्ता बन्द गर्ने छ । जस अनुसार फागुन ३ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा मतदान गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार  ११ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।