सिवाईसी नेपाल लघुवित्तको नाफा घट्यो, इपीएसमा २३ रुपैयाँ बढी गिरावट

0
Shares

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ११.६० प्रतिशतले नाफा घटेको छ । खुद ब्याज आम्दानी बढेपनि खर्च बढेका कारण खुद नाफा घट्न पुगेको हो।

पुससम्म कम्पनीले २ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ३८ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ करोड ६४ लाख रुपैयाँ रहेको छ।
चुक्ता पुँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको यस लघुवित्तको नाफा घटेसँगै वार्षिक प्रति सेयर आम्दानी २३ रुपैयाँ ४० पैसा घटेर १५ रुपैयाँ ८४ पैसामा सीमित भएको हो । गत आवको पुसमा ३९ रुपैयाँ २४ पैसा थियो ।

पुससम्म कम्पनीले ५ अर्ब ८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन तथा सापटी गरेर ५ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी ८.५५ प्रतिशत बढेर १३ करोड १८ लाख ८० हजार रुपैयाँ छ । लघुवित्तको कुल सञ्चालन मुनाफा २६.९७ प्रतिशत घटेर २ करोड ४९ लाख ९१ हजार रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रति सेयर नेटवर्थ २१४ रुपैयाँ ३२ पैसा, कस्ट अफ फन्ड १०.५० प्रतिशत, आधार दर १७.१०, खराब कर्जा अनुपात ४.७७ प्रतिशत र मूल्य आम्दानी अनुपात ६७.५६ गुणा छ । जगेडा कोषको आकार ६.१२ प्रतिशतले घटेर ३० करोड ४५ लाख ६५ हजारमा रुपैयाँ सञ्चित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।