सिटिजन लाइफको ४ लाख ३४ हजार कित्ताको लकइन अवधि सकिँदै

0
Shares

सिटिजन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले सामुहिक लगानी कोष योजनाहरुलाई बाँडफाँड गरेको ४ लाख ३४ हजार ९०६ कित्ता सेयरेको लक इन अवधि आगामी फागुन २७ गते सकिने भएको छ ।

नेपाल धितोपत्र बोर्डले गत कात्तिक २० गते म्युचुअल फन्डहरुलाई बिक्री गरेको आईपीओ ६ महिनासम्म बिक्री वितरण गर्न नपाउने गरी ‘लक इन’ राख्नुपर्ने व्यवस्था गरेको थियो । सोही अवधि फागुन २७ गते सकिने भएको हो । लक इन अवधि सकिएपछि म्युचुअल फन्डले होल्ड गरेको सेयर धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।

सिटिजन्स लाइफ इन्स्योरेन्सको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।