चन्द्रागिरी हिल्सको प्रमुख कार्यकारी अधिकृतमा प्रधान

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीको माघ २४ गते बसेको सञ्चाल समितिको बैठकले प्रधानलाई सीईओ तथा महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई माघ २५ गतेदेखि लागू हुने गरी नियुक्ति प्रदान गरिएको कम्पनीले जनाएको छ ।

सन् २००९ मा स्थापना भएको चन्द्रागिरी हिल्सले थानकोटको चन्द्रागिरीमा एकीकृत पर्यटक कम्पलेब्स सञ्चालन गरिरहेको छ । १०० वटा कोठाको बुटिक रिर्सोट, केवलकार, जीपलाइन र अन्य मनोरञ्जनात्मक गतिविधिहरु सञ्चालन गरिरहेको छ । कम्पनीका प्रमोटर १५ व्यवसायी रहेका छन् । जसअन्तर्गत चन्द्र प्रसाद ढकाल र हेमराज ढकालको सेयर हिस्सा १९.१९ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।