सुपरमाई हाइड्रोपावरको खुद नाफा पौने ६ करोड

0
Shares

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ७६ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको कम्पनीले ५ करोड १ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा १४.८८ प्रतिशतले बढेको हो । वित्तीय खर्च घटेर अन्य आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो ।

कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ६६ लाख आम्दानी गरेको छ । गत आवको सोही अवधिमा १३ करोड ९३ लाख थियो । साथै वित्तीय खर्च पनि ४ करोड ७६ लाखबाट घटेर ४ करोड १६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको अन्य आम्दानी ९ लाख ५३ हजारबाट बढेर ३० लाख २९ हजार पुगेको छ ।

चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको सुपरमाईको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५३ पैसा प्रतिसेयर नेटवर्थ भने १२१ रुपैयाँ ८८ पैसा छ । यसअवधिसम्म आइपुग्दा कम्पनीमा १० करोड ९४ लाख रुपैयाँ बराबरको अन्य इक्विटी सञ्चित भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।