सानिमा मिडिल तमोर १ करोड ६३ लाख बढी नोक्सानीमा

0
Shares

सानिमा मिडिल तमोर हाईड्रो पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ६३ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । कम्पनी अघिल्लो आवको सोहि अवधिमा पनि ४ करोड ३४ लाख घाटामा रहेको थियो । कम्पनीको नोक्सानी भने ६२.४० प्रतिशतले कम भएको हो ।

चुक्ता पुँजी ३ अर्ब ३२ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म प्रतिसेयर आम्दानी ४९ पैसा ऋणात्मक छ । यस्तै प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात ८८८.९१ रुपैयाँले ऋणात्मक छ । जगेडा कोषमा ९ लाख ४४ हजार रुपैयाँ रहेको छ भने कम्पनीको रिटेन्ड अर्निङ ९ करोड १४ लाख रुपैयाँले ऋणात्मक छ ।

पुससम्म कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च २ करोड २६ लाख ३० हजारबाट घटेर १ करोड ९१ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले पुससम्म निर्माणतर्फबाट १ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको आम्दानी १ अर्ब ७५ करोड रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।