इस्टर्न हाइड्रोपावरको नाफामा आकर्षक बढोत्तरी

0
Shares

इस्टर्न हाइड्रोपावर लिमिटेडको खुद नाफामा ७२.५३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

गत वर्षको पुसमा कम्पनीले ७९ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको वित्तीय खर्च घट्दा नाफा बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने ७ करोड ९४ लाखबाट घटेर ७ करोड ५९ हजार रुपैयाँमा संकुचित बनेको छ । यस्तै वित्तीय खर्च ३ करोड १ लाखबाट सुधार भई २ करोड ७२ लाख रुपैयाँ मात्र खर्च भएको छ । कम्पनीको कुल खर्च ३ करोड ३२ लाखबाट घटेर २ करोड ६७ लाख रुपैयाँमा आएको छ ।

चुक्ता पुँजी ६२ करोड रुपैयाँ रहेको इस्टर्नको हाइड्रोपावरको जगेडा कोष १४ करोड ९० लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ९६ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।