नेपाल प्रहरीले माग्यो जवान र खेलाडी, फागुन २ गतेदेखि आवेदन दिन सकिने


नेपाल प्रहरीले नेपाल प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशन गर्दै प्रहरी जवानदेखि भान्छे, हजाम, कुचीकार र खेलाडीका लागि दरखास्त आह्वान गरेको हो।

कार्यालयले खेलाडीतर्फ एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन पाउने जनाएको छ ।

प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ । आवेदकले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन् ।

आवेदकले कुनै एक दर्ता केन्द्रबाट मात्र दरखास्त फारम दर्ता गर्नुपर्ने छ दाहोरो दरखास्त दर्ता गरेको पाइएमा भने दरखास्त फारम रद्ध हुने कार्यालयले जनाएको छ । दरखास्त फारम रद्ध भएमा दरखास्त दस्तुर फिर्ता नहुने कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।