नेपाल रिपब्लिक मिडियाको नाफा उच्च घट्यो, रिटेन्ड अर्निङ्ग साढे ५१ करोड ऋणात्मक

0
Shares

नेपाल रिपब्लिक मिडियाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४२ लाख ६४ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ९३ लाख ८० हजार रुपैयाँ नाफा कमाएको थियो ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको प्रति सेयर आम्दानी ८८ पैसा ऋणात्मक छ भने प्रति सेयर नेटवर्थ ८७ रुपैयाँ ९३ पैसा छ । चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग ५१ करोड ४० लाख रुपैयाँ ऋणात्मक छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीको आम्दानी ४४.८८ प्रतिशत घटेर ८ करोड ७० लाख ६० हजार रहेको छ । कम्पनीको कुल आम्दानी २७.४९ प्रतिशत घटेर ५ करोड ८३ लाख ५८ हजार कायम भएको छ । समीक्षा अवधिमा सञ्चालन मुनाफा ७४.५८ प्रतिशत घटेर २ करोड ५ लाख ७९ हजार कायम हुँदा वित्तीय खर्च ३९.२८ प्रतिशत घटेर १ करोड ७६ लाख ७९ हजार बराबर रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।