साना किसानको नाफा बढ्यो, ४४ करोड २४ लाख आर्जन

0
Shares

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमाससम्म ४४ करोड २४ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ । यस अवधिमा १.७३ प्रतिशत नाफा वृद्धि भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ४९ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो । चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार रुपैयाँ रहेको लघुवित्तको नाफा प्रति सेयर आम्दानी २३ रुपैयाँ २५ पैसा छ । लघुवित्त कम्पनीको प्रति सेयर नेटवर्थ २३७ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात ३८.१० गुणा छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले दोस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा २६ करोड ८५ लाख ९३ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ अर्ब ७६ करोड ६२ लाख २८ हजार रहेको कम्पनीको दोस्रो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा १ अर्ब ४५ करोड ३९ लाख ८७ हजार र सेयर प्रिमियममा १ करोड ८२ लाख ६९ हजार रुपैयाँ सञ्चित छ ।

कम्पनीको खुद ब्याज आम्दानी ९९ करोड २ लाख १८ हजार रुपैयाँ पुगेको छ । जुन १६.५१ प्रतिशतको वृद्धि हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ८४ करोड ९८ लाख ७० हजार रपैयाँ थियो । त्यस्तै कम्पनीको सञ्चालन नाफा भने गत आवको तुलनामा १३.५८ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा ६२ करोड ३ लाख ११ हजार रहेकोमा ७० करोड ४५ लाख ६३ हजार रुपैयाँ पुगेको हो ।

खराब कर्जा अनुपात १.३७ बाट २ प्रतिशत पुग्दा नोक्सानी व्यवस्था रकम ८ करोड २८ लाखबाट १० करोड बढी पुगेको छ । कस्ट अफ फन्ड ६.१९ प्रतिशत, आधारदर ६.८० प्रतिशत र स्प्रेडदर ३.९४ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।