अभियान लघुवित्तको सीईओमा लम्साल नियुक्त

0
Shares

अभियान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तेजेन्द्र शर्मा लम्साल नियुक्त भएका छन् ।

लघुवित्त कम्पनीको माघ १२ गते बसेको सञ्चालक समिति बैठकले लम्साललाई माघ १२ गतेबाट लागू हुने गरी आगामी चार वर्षको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

लम्साल यसअघि नेपाल एग्रो लघुवित्त, एनएमबि लघुवित्त र कालिका लघुवित्तको सीईओ भइसकेका छन् । वित्तीय साक्षरता प्रशिक्षणको लागि प्रशिक्षकलाई तालिम प्रदान गर्न नेपाल राष्ट्र बैंकमा सूचीकृत २५ जनामध्येका एक प्रशिक्षक पनि हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।