साहस उर्जाको नाफा ११२ प्रतिशत बढ्यो

0
Shares

साहस उर्जा कम्पनी लिमिटेडको खुद नाफा ११२.३३ प्रतिशत वृद्धि भएको छ । पुससम्म कम्पनीले ४५ करोड ८६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको हो । विद्युत विक्री बापत आम्दानी गर्न थालेपछि कम्पनीको नाफामा वृद्धि भएको हो ।

गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले २१ करोड ५९ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो । दोस्रो त्रैमाससम्ममा साहस उर्जाको विद्युत विक्री आय १ अर्ब ५३ करोड भन्दा बढी पुगेको छ । गत आवको दोस्रो त्रैमासमा भने कम्पनीले विद्युत विक्री बापत आम्दानी गरेको थिएन ।
चुक्ता पुँजी ३ अर्ब ५० करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा रिटेर्न अर्निङ्गमा २ अर्ब ६० करोड ३८ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको वार्षिक प्रति सेयर आम्दानी २६ रुपैयाँ २१ पैसा र प्रति सेयर नेटवर्थ १७४ रुपैयाँ ५५ पैसा छ ।

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको प्रशासनिक खर्च २७८२% बढेर ४ करोड ९४ लाख पुग्दा वित्तीय खर्च पनि ९६.८८% ले बढेर ६४ करोड ७६ लाख ४३ हजार पुगेको छ । चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको ऋण दश अर्ब ४२ करोडभन्दा बढी छ ।

कम्पनीद्वारा प्रवर्द्धित सोलुखुम्बु स्थित सोलुखोला (दुधकोशी) जलविद्युत आयोजना ८६ मेगावाटको निर्माण सम्पन्न पश्चात निरन्तर व्यावसायिक उत्पादन भईरहेको छ । कम्पनीले सेयरधनीहरूको हितमा काम गर्दै कम्पनीलाई अगाडि बढाउन कम्पनीको उद्देश्य बमोजिम ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना आर्थिक तथा प्राविधिक दुवै पक्षबाट निर्माण तथा संचालनका लागि उपयुक्त देखिएकाले लगानी तथा प्रवर्द्धन गर्ने निर्णय गरेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।