स्वाभिमान लघुवित्तको साधारण सभा फागुन २० मा हुने

0
Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २० गते आइतबार सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको माघ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दिन कम्पनीको केन्द्रीय कार्यालय रुपन्देहीमा विहान ११ बजे सभा डाकेको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । गत वर्ष भने कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सभाले स्वाभिमान लघुवित्त र अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

यस्तै गत अर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्ष २०८७०–८१ का लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ । सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन र रिक्त पदमा भएको मनोनयनलाई अनुमोदन गर्ने अजेण्डा पनि सभामा छ ।

लघुवित्त कम्पनीले साधारण सभा प्रयोजनका लागि फागुन ११ गते शुक्रबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा फागुन १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।