१५ लाख घुससहित पक्राउ परेका बनेपाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले १५ लाख घुससहित पक्राउ परेका बादेविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनी गत माघ ३ गते रंगेहात पक्राउ परेका थिए ।

‘अनुसन्धानको सिलसिलामा जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस–रिसवत माग गरी लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

निज नृपेश बादेले भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा बिगो १५ लाख कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।