जीवन विकास लघुवित्तको मुनाफा घट्यो, अन्य सूचक कस्ता ?

0
Shares

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १७ करोड ७७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।समीक्षा अवधिमा मुनाफा ३२.८७ प्रतिशतले घटेको हो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।
पुससम्म कम्पनीले १० अर्ब ४ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप सामान्य बढाएकोमा कर्जा लगानी ७.६१ प्रतिशतले बढेको हो ।

वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ६.८० प्रतिशतले घटेर ७४ करोड ४ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ७९ करोड ४५ लाख १० हजार रुपैयाँ रहेको थियो ।  चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको सञ्चालन नाफा घटेर २५ करोड ३९ लाख ४२ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको पुसमसान्तसम्ममा ३७ करोड ८२ लाख ६९ हजार रुपैयाँ थियो ।

चुक्ता पुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २३ करोड ६१ लाख ५१ हजार रुपैयाँ सञ्चित छ । पुससम्म लघुवित्तको वितरणयोग्य मुनाफा ६३ करोड ११ लाख ६० हजार रुपैयाँ छ । चुक्ता पुँजी १४ प्रतिशतले वृद्धि गरेको लघुवित्तको जगेडा कोष १.१४, रिटेन्ड अर्निङ्ग ७.५९ प्रतिशतले घटेको छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात बढेर २.९५ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ २३९ रुपैयाँ २२ पैसा छ । लघुवित्तको कस्ट अफ फन्ड ९.८९ प्रतिशत, आधारदर १४.२५ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।