फरवार्ड लघुवित्त घाटामा, खराब कर्जा ७.७१ प्रतिशत

0
Shares

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड २ करोड ५८ लाख ७८ हजार रुपैयाँ घाटामा पुगेको छ । दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खराब कर्जा बढ्पछि नोक्सानीमा पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्ममा १२ करोड ४० लाख ३० हजार रुपैयाँ नाफामा थियो ।

वित्तीय विवरण अनुसार कम्पनीको वितरणयोग्य नाफा ४२ करोड ३५ लाख ८५ हजार रुपैयाँ छ । गत आवमा कम्पनीको खराब कर्जा ३.८१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ७.७१ प्रतिशत पुगेको छ । त्यस्तै कम्पनीको इम्पेयरमेन्ट चार्ज २१ करोड ३५ लाख रहेकोमा चालू आवमा बढेर ३७ करोड ८० लाख पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढेसँगै लघुवित्तको कम्पनीको सञ्चालन नाफा १ करोड ९३ लाख ऋणात्मक रहेको छ । गत आवको कम्पनीको सञ्चालन नाफा १७ करोड ७१ लाख ८६ हजार रुपैयाँ थियो ।

कम्पनीले ८ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन तथा १ करोड ४५ लाख सापटी लिएर पुससम्म १९ अर्ब ११ करोड २०१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप सामान्य बढाएकोमा कर्जा लगानी भने घटेको हो ।

वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी सामान्य बढेर ५६ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ५६ करोड ९९ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रहेको कम्पनीको प्रति सेयर आम्दानी ४ रुपैयाँ ९० पैसा ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ २५६ रुपैयाँ १ पैसा छ । दोस्रो त्रैमाससम्ममा जगेडा कोषमा १ अर्ब २२ करोड ३२ लाख २१ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ४२ करोड ३५ लाख ८५ हजार रुपैयाँ सञ्चित छ । लघुवित्तको कस्ट अफ फन्ड १०.५७ प्रतिशत, आधारदर १३.५९ प्रतिशत र स्प्रेडदर ४.३८ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।