श्रीलङ्काको विप्रेषण ११.४ प्रतिशतले बढ्यो


श्रीलङ्कामा सन् २०२४ को जनवरीमा सन् २०२३ को जनवरीको तुलनामा ११.४ प्रतिशतले बढी विप्रेषण आएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले शनिबार बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै नानायककाराले जनवरी २०२४ मा ४८ करोड ७६ लाख अमेरिकी डलर विप्रेषण आएको छ सन् २०२३ को जनवरीमा ४३ करोड ७५ लाख डलर रेमिटेन्स आएको बताएका छन् ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२३ मा पाँच अर्ब ९६ करोड अमेरिकी डलर विप्रेषण भित्रिएको थियो । यसैबीच सन् २०२३ को जनवरीको तुलनामा सन् २०२४ को जनवरीमा पर्यटनबाट हुने आम्दानी १२२।७ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।

पर्यटन र कामदारबाट प्राप्त हुने विप्रेषण श्रीलङ्काको सबैभन्दा बढी वैदेशिक आय आर्जन गर्ने स्रोतमध्ये प्रमुख स्रोत हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।