हाथवे इन्भेष्टमेन्टको आम्दानी ४८.३५ प्रतिशतले घट्यो


हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको आम्दानी ४८.३५ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ३५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ६ करोड ४९ लाख रुपैयाँ थियो।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी (इपीएस) ५१ पैसा ऋणात्मक रहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ५९ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ४८.१८ प्रतिशत घटेर ३ करोड ३८ लाख रुपैयाँमा झरेको छ भने कुल खर्च १५.०५ प्रतिशत बढेर ३ करोड ९९ लाख २८ हजार रुपैयाँमा पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको जगेडा कोष २.१९ प्रतिशतले घटेर ७८ करोड १६ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रति सेयर नेटवर्थ ८३ रुपैयाँ ४ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।