साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । शुक्रबार १०० रुपैयाँले बढेको सुनको भाउ आइतबार ५०० रुपैयाँले घटेको हो ।
आइतबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख १८ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य शुक्रबार पनि सोही भाउमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २४ दशमलव ४९ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २२ दशमलव ६१ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया