घलेम्दी हाइड्रोपावरको लिलामी सेयरमा कति कायम भयो कटअफ ?

0
Shares

घलेम्दी हाइड्रोपावर लिमिटेडको ३२ लाख १७ हजार ७२४ कित्ता साधारण सेयरको बोलपत्र खुला गर्ने काम सम्पन्न भएको छ । लिलामी बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडले लिसारा रिसेप्सन, नक्सालमा माघ २७ गते शनिबार बिहान ८ बजेदेखि बोलपत्र खोलेको थियो ।

उक्त लिलामीमा आवेदन दिएका सर्वसाधारण र संस्थागत गरी कुल ५ हजार ७७६ आवेदकले बोलपत्र पेश गरेका थिए । लिलामी बिक्री प्रबन्धकका अनुसार करिब ३२ लाख १७ हजार ७२४ कित्ता साधारण सेयरका लागि प्राप्त बोलपत्र खोलिसक्दा लिलामीको प्रारिम्भक कटअफ दर १५२ रुपैयाँ कायम भएको छ । यो मूल्य आइतबारको बजार भाउभन्दा १७ प्रतिशत कम हो । यसअनुसार १५२ वा सोभन्दा बढी मूल्य अंकित गर्नेले लिलामीको सेयर प्राप्त गरेका छन् । लिलामी सेयर खरिदका लागि अधिकतम १७६ रुपैयाँसम्मको आवेदन परेको थियो ।

लिलामीको लागि न्यूनतम १०० कित्ता र न्यूनतम १०० रुपैयाँ बोली दर तोकिएपनि अधिकतम मूल्य र कित्ताको सीमा तोकिएको थिएन । बोलपत्रदाताहरूले सम्पूर्ण निष्कासनको लागि बोलपत्र गर्न सक्ने भएतापनि, नियामक निकायको तोकेको सीमाभन्दा बढी भने आवेदन गर्न नपाइने शर्त थियो ।

कम्पनीले माघ ९ गते माघ २३ गते बैङ्किङ कार्यालय समयसम्म हकप्रदमा अवितरित ३२ लाख १७ हजार ७२४ कित्ता साधारण सेयरमा लिलामीका लागि आह्वान गरेको थियो ।

कम्पनीले २०८० मंसिर १० गतेदेखि पुस १६ गतेसम्म सेयरधनीहरूलाई १ः२ अनुपातमा १ करोड १० लाख कित्ता हकप्रद निष्काशन गरेको थियो । सो अवधिमा बिक्री नभएको हकप्रद सेयर हाल लिलामी गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।