बुटवल पावरको खुद नाफा १८ करोड नजिक

0
Shares

बुटवल पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनामा १७ करोड ८३ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीले २२ करोड ८७ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । बिक्री आम्दानी घटेसँगै गत वर्षको तुलनामा कम्पनीको खुद नाफा २२.०३% घटेको हो ।

कम्पनीको गत आवको ६ महीनामा ४३ करोड १५ लाख ६५ हजार रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले चालु आवको सो अवधिमा ४१ करोड ३९ लाख ३७ हजार रुपैयाँ मात्र विद्युत बिक्री आम्दानी गरेको छ । यस वर्ष विद्युत विक्री आम्दानी ४.०८% घटेको हो । यस्तै ब्याज आम्दानी ५ करोड ७३ लाखबाट घटेर २ करोड ७० लाखमा खुम्चिएको छ ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च गत वर्ष ६४ लाख १६ हजार रुपैयाँ रहेकोमा यस वर्ष ५२ लाख ४१ हजार रुपैयाँ मात्र खर्च भएको हो ।

चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी ५ रुपैयाँ २३ पैसा छ । कम्पनीको प्रति सेयर आम्दानी २ रुपैयाँ २० पैसा थियो । यस्तै प्रति सेयर नेटवर्थ २०६ रुपैयाँ ७३ पैसा र जगेडा कोषमा सञ्चित रकम ३ अर्ब ६३ करोड ८५ लाख रुपैयाँ छ । जगेडा कोषको रकम ७ करोड १३ लाख रुपैयाँ वृद्धि भएको हाे । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।