शिवम् सिमेन्ट्सको आम्दानी बढेपनि ६७.६७% घट्यो नाफा

0
Shares

शिवम् सिमेन्ट्स लिमिटेडको बिक्री आम्दानी बढेपनि खर्च बढ्दा खुद नाफा भने घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा शिवमले सिमेन्ट बेचेर ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ३४ करोड रुपैयाँ बिक्री आम्दानी गरेकोमा ५.२९ प्रतिशत बढेको हो । 

यद्यपी कम्पनीको खर्च बढ्दा चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा खुद नाफा ६७.६७ प्रतिशत घटेर १४ करोड ८५ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा ४५ करोड ९६ लाख २२ हजार रहेको थियो । सञ्चालन आम्दानी ३ अर्ब ३४ करोड ३० लाखबाट बढेर ३ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रहेको कम्पनीको प्रति सेयर आम्दानी १४ रुपैयाँ ९८ पैसा घटेर ५ रुपैयाँ ९१ पैसामा झरेको छ । कम्पनीको जगेडा कोषमा ४ अर्ब ४० करोड ८२ लाख ९२ हजार रुपैयाँ सञ्चित छ। जुन ७.९४ प्रतिशत कम हो ।कम्पनीको प्रति सेयर नेटवर्थ १८७ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात ८८.८३ गुणा छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको बिक्री लागत तथा अन्य खर्च बढेको छ । कम्पनीको कुल खर्च समीक्षा अवधिमा ७.६७ प्रतिशत बढेर ५० करोड ९४ लाख ७३ हजार पुगेको छ । यस्तै अन्य आम्दानी ४७.४० प्रतिशत घटेर १७ करोड २ लाख मात्र भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।