शिखर इन्स्योरेन्सको अधिकांश सूचाङ्कमा सुधार, खुद बीमाशुल्क ५५ करोड माथि

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २५ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा २१ करोड ७ लाख १० हजार रुपैयाँ नाफा कमाएकोमा कम्पनीको १९.१७ प्रतिशत बढेको हो । आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा वृद्धि भएका छन् । पुस मसान्तसम्ममा कम्पनीले ५५ करोड १४ लाख १२ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिमा ५१ करोड ४ लाख २ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा ८.०३ प्रतिशत बढेको हो ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सको वार्षिक प्रति सेयर आम्दानी ३ रुपैयाँ ५ पैसाले बढेर १८ रुपैयाँ ९२ पैसा पुगेको छ । कम्पनीको प्रति सेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा र मूल्य आम्दानी अनुपात ४०.०४ गुणा छ ।

प्रकाशित वित्तीय विवरण अनुसार इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको विशेष जगेडा कोषमा १ अर्ब ६५ करोड ४८ लाख १७ हजार ३०० रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड ४८ लाख ७० हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३१ करोड ४९ लाख ७९ हजार रुपैयाँ र अन्य इक्विटीमा ५२ करोड ७६ लाख ७१ रुपैयाँ सञ्चित छ । गत पुसको तुलनामा चालु आवको पुसमा अन्य इक्वीटी ८९.४९ प्रतिशतले घटेको हो भने रिटेन्ड अर्निङ्ग ५४.०३, महाविपत्ती कोष १०.२७ र विशेष जगेडा कोषको आकार ८.२१ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १ अर्ब ९४ करोड १९ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८८ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन ३ प्रतिशतले बढेको हो ।

कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुनर्बीमा कमिसनमा खर्च गरेकोमा चालु आवमा १ अर्ब ३९ करोड ५ लाख रुपैयाँ खर्चिएको छ । साथै कम्पनीले ३ करोड ४२ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा५३ लाख रुपैयाँ बढी हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।