मोरङ अटो वर्क्सले २०२३ को लागि जेसीबीको दक्षिण एसिया क्षेत्र उत्कृष्ट डिलरको अवार्ड जितेको छ । उक्त अवार्ड शुक्रबार पोर्चुगलको लिस्बनमा भएको जेसीबी वार्षिक डिलर सम्मेलन २०२४ मा प्रदान गरिएका हो ।
ुहामीले सन् २०२३ को लागि उत्कृष्ट दक्षिण एसिया क्षेत्र डिलरको अवार्ड जितेका छौं भन्ने घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौुं पुरस्कार प्राप्त गरेपछि मोरङ अटो वर्क्सका प्रबन्ध निर्देशक विष्णु अग्रवालले भने, ‘म मेरो टोली र सबैलाई धन्यवाद दिन्छु। सरोकारवालाहरूले हामीलाई यो उचाइमा पुग्न मद्दत गर्नुभयो। हामी भविष्यमा ठूला उपलब्धिहरूको अपेक्षा गर्दछौं।’
मोरङ अटो वर्क्स नेपालको लागि जेसीबी निर्माण र भारी उपकरणहरूको लागि एकमात्र आधिकारिक वितरक हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया