मनिचेञ्जर कारोबार गर्ने ५ कम्पनीको लाइसेन्स खारेज

0
Shares

नेपाल राष्ट्र बैंकले ५ वटा मनिचेञ्जरहरुको इजाजतपत्र लाइसेन्स रद्द गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरि नविकरण नगरेका ५ वटा कम्पनीको लाइसेन्स रद्द गरेको हो ।

बैंकका अनुसार बसन्तपुर काठमाडौंको फेयर मनि एक्स्चेञ्ज प्रालि, तौमढी भक्तसुरको न्यातपोल मनि एक्स्चेञ्ज प्रालि, कैलाश मनि एक्स्चेञ्ज प्रालि क्षेत्रपाटि, ग्रेस मनि एक्स्चेञ्ज प्रालि गोसाईकुण्ड रसुवा, रुट नेपाल मनि एक्स्चेञ्ज प्रालि लालदरबार काठमाडौंलाई इजाजतपत्र रद्द गरेको बैंकले जानकारी दिएको छ ।

मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित) को विनिमय १९ को उप विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।