कालिन्चोक हाइड्रोपावर र स्वस्तिक लघुवित्तले मागे आईपीओ बिक्री अनुमति

0
Shares

कालिन्चोक हाइड्रोपावर लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपओि) जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

बोर्डका अनुसार कालिन्चोक हाइड्रोपावरले कुल ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न माघ २२ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि उक्त सेयर बिक्रीमा ल्याउने भएको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड टेकु रहेको छ ।

यसैगरी स्वस्तिक लघुवित्तले पनि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरमा ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आइपीओ निष्कासन गर्नका लागि माघ २४ गते नियामक निकायसँग अनुमति मागेको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्मेन्ट बैंकिङ्ग नक्साल रहेको छ ।

सेबोनबाट दुबै कम्पनीको आईपीओ बिक्री गर्न स्वीकृत भएपछि बिक्रीमा आउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।