यूनिभर्सल पावरको आम्दानी २० करोडमाथि, नाफा ८ करोड बढी

0
Shares

यूनिभर्सल पावर कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमाससम्म २० करोड २३ लाख कुल आम्दानी गरेको छ । गत आवको यसै अवधिमा २० करोड ५९ लाख रहेकोमा चालू आवमा ३६ लाखले घटेको हो ।

६ महीनामा कम्पनीले ८ करोड १९ लाख नाफा कमाएको छ । गत आवमा कम्पनीले ८ करोड १४ लाख नाफा कमाएको थियो । वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी ७ रुपैयाँ ८० पैसा छ ।

चुक्ता पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडा कोषमा ३४ करोड ९ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ ११६ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात २८.९१ गुणा छ ।

कम्पनीको विद्युत उत्पादन खर्च १ करोड ६२ लाख, वित्तीय खर्च ८ करोड २ लाख, प्रशासनिक खर्च ८९ लाख र ह्रासकट्टी १ करोड ४९ लाख रुपैयाँ छ । पुससम्म कम्पनीको दीर्घकालीन ऋण दायित्व १ अर्ब ४५ करोड ९० लाख रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।