ग्लोबल आइएमई क्यापिटलले बिहान ८ बजेदेखि सेवा दिने


ग्लोबल आईएमई क्यापिटलले बिहान ८ बजेदेखि प्रभातकालीन काउण्टर सञ्चालन गर्ने भएको छ ।

कार्यालय जानेहरुलाई लक्षित गरी कार्यालय समयभन्दा पहिले नै सेवा उपलब्ध गराउन काउण्टर सञ्चालनमा ल्याइएको क्यापिटलले जनाएको छ ।

“आफ्नो व्यस्त दैनिकी, रोजगारी, जागिर तथा पेशा व्यवसायमा आवद्ध भएका तथा अन्य कारणले गर्दा यस कम्पनीको नियमित कार्यालय समयमा कार्यालयमा उपस्थीत भई सेवा लिन असमर्थ हुनुभएका ग्राहक महानुभावहरुको हित तथा सुविधालाई मध्यनजर गरी यहि मिति २०८० साल फागुन १ गतेदेखि (सार्वजनिक विदा र शनिबार बाहेक) प्रत्येक दिन बिहान ८ः०० बजेदेखि प्रभातकालिन काउण्टर सञ्चालन गरिएको व्यहोरा समस्त ग्राहक महानुभाव तथा सरोकारवालाहरुमा सहर्ष जानकारी गराउँदछौं”, क्यापिटलले भनेको छ ।

प्रभातकालीन काउण्टरमा हितग्राही खाता र मेरो शेयर खाता खोल्ने तथा नविकरण गर्ने, हितग्राही खाता तथा मेरो शेयरसँग सम्बन्धित विवरण अद्यवाधिक गर्ने, आफ्नो नाममा रहेका विभिन्न सूचीकृत कम्पनीहरुकोे भौतिक शेयर अभौतिकिकरण गरी डिम्याट खातामा जम्मा गर्ने, शेयर धितो रोक्का तथा फुकुवा गर्ने लगायतका सबै सेवा उपलब्ध हुने क्यापिटलले जनाएको छ ।

क्यापिटलको कार्यालय नक्सालस्थित लक्ष्मण बाबु भवनमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।